१३ वर्षीया बालिकालाई आफ्नै घरमा लगेर जबरजस्ती करणी

१३ वर्षीया बालिकालाई आफ्नै घरमा लगेर जबरजस्ती करणी
सांकेतिक तस्बिर

उदयपुर : जिल्लामा १३ वर्षीया बालिकालाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका-७ बस्ने ३५ वर्षीय पत्थरसिंह राई रहेका छन्।

राईले ती बालिकालाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो।

सोही उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई बुधबार साँझ पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

पुष २७, २०८० शुक्रबार ०८:४७:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।