टाटा मोटर्सले ‘फन कार्निभल ३.०’ आयोजना गर्दै, पुराना गाडी साट्न सकिने
काठमाडौं : नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले ‘टाटा मोटर्स फन कार्निभल ३.०’ आयोजना गर्दैछ।
कार्निकलमा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन इभी र टियागो इभी लगायतका गाडीहरू साट्न सकिनेछ।
ग्राहकको परिवर्तित जीवनसैली र अत्याधुनिक सवारीहरूप्रतिको रुचि तथा चाहनालाई मध्यनजर गर्दै मेलाको आयोजना गरिएको कम्पनीले जनाएको छ।
मेला पुस २७ देखि २९ गतेसम्म उपत्यकाबाहिर टाटा मोटर्सको शोरुम अलास्का मोर्टस बिर्तामोड, सिद्धार्थ कटेज बुटवल, सिप्रदी ट्रेडीङ्ग बुद्ध चोक पोखरा र टाउनहल प्लानिङ विरगंज आयोजना गर्न लागिएको हो।
फन कार्निभल ३.० मा टाटाका गाडी किन्ने ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क रुपमा इभी गाडीहरुका लागि फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा इलेक्ट्रिकल स्कुटर प्राप्त गर्नेछन्।
कार्निकलमा ग्राहकले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्।
पुष २७, २०८० शुक्रबार ०८:२२:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।