जसपाको केन्द्रीय समितिको बैठक आज बस्दै

जसपाको केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज बस्दैछ।

ललितपुरको ज्यापु प्रज्ञा भवनमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार बैठकमा राजनीतिक समितिको प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रतिवेदनउपर निर्णय हुनुका साथै राजनीतिक तथा सांगठनिक प्रस्तावमाथि निर्णय हुनेछ।

राजनीतिक समितिको बैठकमा पार्टीको महाधिवेशन आगामी जेठ २८ ३० गते धनुषामा गर्ने प्रस्तावबारे समेत आजको बैठकमा निर्णय हुने समेत उनले बताए।

पुष २७, २०८० शुक्रबार ०७:४०:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।