मंसिरसम्ममा भित्रियो ६ खर्ब १३ अर्ब २५ करोड रेमिटेन्स

मंसिरसम्ममा भित्रियो ६ खर्ब १३ अर्ब २५ करोड रेमिटेन्स

काठमाडौँ : चालु आर्थिक वर्षको मंसिर महिनासम्म ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको मंसिरसम्मको तथ्याङ्क अनुसार गत वर्ष यही समयमा भन्दा रेमिटेन्स २७.६ प्रतिशतले बढेको छ।

बैंकको विवरणमा अमेरिकी डलरमा समेत साढे २४ प्रतिशतले रेमिटेन्स बढेको देखिन्छ। बैंकका अनुसार ४ अर्ब ६२ करोड डलर रेमिटेन्स नेपाल भित्रिएको छ।

मंसिरसम्म चालु खाता बचत एक खर्ब ४० अर्ब २३ करोड रुपैयाँ पुगेकोमा शोधनान्तर बचत पनि २ खर्ब १० अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकको विवरण अनुसार विदेशी मुद्राको सञ्चिति १७ खर्ब ६७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै उच्च हो। अहिले भएको सञ्चितिले १४.१ महिनाको वस्तु र ११.८ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने बैंकले जानकारी दिएको छ।

पुष २६, २०८० बिहीबार १९:३१:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।