माघ १ गते थारू समुदायको माघी महोत्सव टुँडिखेलमा, उद्घाटन प्रचण्डले गर्ने

माघ १ गते थारू समुदायको माघी महोत्सव टुँडिखेलमा, उद्घाटन प्रचण्डले गर्ने
फाइल फोटो

काठमाडौं : थारू समुदायले माघ १ गते टुँडिखेलमा माघी पर्व मनाउने भएको छ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै माघे सङ्क्रान्तिको अवसरमा थारू कल्याणकारी सभाको अगुवाइमा माघी मनाउन लागिएको बताइएको हो।

माघी महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछन्।

यस वर्ष थारू संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा आह्वान भन्ने नारासहित माघी पर्व मनाउन लागिएको थारू राष्ट्रिय माघी महोत्सव, २०८० का संयोजक प्रेमिलाल चौधरीले बताए।

उनले थारू सांस्कृतिक झाँकी, थारू सांस्कृतिक प्रस्तुति, थारू खानपिन प्रदर्शनी एवं बिक्री, थारू सीप हस्तकला, पुस्तक प्रदर्शनी एवं बिक्री हुने बताए। उनका अनुसार फुड स्टलहरूमा पारू जातिले माघी पर्वमा खाने विशेष खाना परिकार (ढिक्री, अन्डिक भात, विचरी, तिलको लड्डू, लाईमुरी, भुजा, बन्डी जाँडको झोल, दारु, केराको तरूवा, सखरखण्ड, खरिया, सुंगुर र बंगुरको मासु, परेवाको मासु, माछा, घोघी, गंगटो, सिधरा, मसुलार) रहनेछन्।

देशभरका थारू समुदायको उपस्थितिमा हुन लागेको उक्त कार्यक्रममा बालू सिन्की, बयरको चटनी, वरिया, चामलको गुरी, काथ्या रोटी, अन्डीक रोटी, तेलपौर रोटी, झभ्झा रोटी लगायत विभिन्न परिकारहरू राखिने छ।

२६ पुस, २०८०, १३:३६:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।