२० अर्ब रकम खिच्दै राष्ट्र बैंक
काठमाडौं : बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन मार्फत राष्ट्र बैंकले २० अर्ब खिच्ने भएको छ।
अधिक तरलता व्यवस्थापन गर्न भन्दै राष्ट्र बैंकले २० अर्ब रूपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको हो।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोल मार्फत आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले ७ दिनका लागि उक्त उपकरण प्रयोग गर्दै माघ ४ मा यसको साँवा र ब्याज भुक्तानी हुने बताएको छ।
निक्षेपको ब्याजदर बोलकबोलबाटै निर्धारण हुनेछ। बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जाने गरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन्।
अघिल्लो वर्ष पुस मसान्तमा तरलतामा दबाब पर्ने गरेको भएपनि चालू आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूमा प्रशस्त रकम भएकोले राष्ट्र बैंकले मङसिरबाट रकम खिचिरहेको छ।
पुष २६, २०८० बिहीबार १३:०२:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।