हर्क साम्पाङको प्रश्न- बम्जन जीले पैसा कहाँ राख्या रैछन्, दराजमा कि बाकसमा?

हर्क साम्पाङको प्रश्न- बम्जन जीले पैसा कहाँ राख्या रैछन्, दराजमा कि बाकसमा?

काठमाडौं : धरान उपमहानगरपालिका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले रामबहादुर बम्जनबाट बरामद भएको पैसामाथि आश्चर्य व्यक्त गरेका छन्।

बम्जनको घरमा पैसाको नोटको रास देखेपछि साम्पाङले सामाजिक सञ्जाल मार्फत व्यङ्ग गरेका हुन्।

लिटिल बुद्ध भनेर समेत चिनिने बम्जनलाई ३ करोड रूपैयाँभन्दा बढी स्वदेशी तथा विदेशी मुद्रासहित सिआइबीका टोलीले मंगलबार बूढानीलकण्ठबाट पक्राउ गरेको थियो।

‘बम्जन जीले पैसा कहाँ राख्या रैछन? दराजमा कि बाकसमा? झोलामा कि सुटकेसमा? कि बोरामा? हजारको कति वटा पाँच सयको कति?,’ मेयर साम्पाङले लेखेका छन्, ‘देखाउँदा चाहिँ टेबलमा मिलाएर राखेर देखाइयो!’

उनले प्रहरीले बरामद गरेको पैसा के हुन्छ भन्ने बारे समेत प्रश्न गरेका छन्।

 

पुष २६, २०८० बिहीबार १२:४६:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।