क्यानले गर्यो सन्दीपलाई निलम्बन

क्यानले गर्यो सन्दीपलाई निलम्बन

काठमाडौं : बलात्कार अभियोग प्रमाणित भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेलाई निलम्बन गरेको छ।

क्यानले आज विज्ञप्ति जारी गर्दै फौजदारी मुद्दामा दोषी ठहर भई सजाय निर्धारण भइसकेकाले सन्दीपलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट गतिविधिबाट निलम्बन गरिएको जनाएको हो।

सन्दीपलाई बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले बुधबार आठ वर्षको कैद, तीन लाख क्षतिपूर्ति र दुई लाख पीडितलाई जरिवाना गरी पाँच लाख रूपैयाँ तिर्नुपर्ने सजाय सुनाएको थियो। पुस १३ गते नै अदालतले सन्दीपलाई दोषी ठहर गरेको भएपनि सजाय भने बुधबार तोकिएको हो।

सन्दीप पक्षका वकिलले भने जिल्ला अदालतको फैसलामा असन्तुष्टि व्यक्त गर्दै उच्च अदालत जाने बताइसकेका छन्।

राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका लिग स्पीनर सन्दीप स्वयंले पनि बलात्कार मुद्दामा सफाइ नपाएसम्म खेल जीवनबाट अलग बस्ने बताएका छन्।

पुष २६, २०८० बिहीबार ११:२५:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।