सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
काठमाडौं : साताको पाँचौं दिन सुनको मूल्य घट्दा चाँदीको स्थिर भएको छ।
बिहीबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँ घट्दा चाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार बिहीबार छापावाल सुन तोलाको १ लाख १८ हजार ३ सय रुपैयाँमा कायम भएको छ।
तेजाबी सुन बुधबारको तुलनामा बिहीबार दुई सय रुपैयाँले कमी आई १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ।
उता चाँदी भने बुधबारमै मूल्यमा आज पनि कारोबार भइरहेको छ। बुधबार चाँदी तोलाको १ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो।
पुष २६, २०८० बिहीबार ११:१५:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।