५० प्रतिशत तलब काटिएपछि पपुवा न्युगिनीका प्रहरी नै हड्तालमा, शहरभर लुटपाट

५० प्रतिशत तलब काटिएपछि पपुवा न्युगिनीका प्रहरी नै हड्तालमा, शहरभर लुटपाट

एजेन्सी : तलबको विषयलाई लिएर पपुवा न्युगिनीका प्रहरी नै हड्तालमा उत्रिएका छन्।

राजधानी पोर्ट मोरेस्बीमा प्रहरी नै हड्तालमा उत्रिएपछि ठूलो दंगा फैलिएको छ। 

संसद भवन अगाडि गएर प्रहरी प्रदर्शनमा उत्रिएपछि पोर्ट मोरेस्बीका बासिन्दाहरू ठूलो संख्यामा जम्मा भएर पसलहरुमा लुटपाट तथा आगजानी गरेका छन्।

प्रहरी हड्तालमा गएपछि सरकारले सेना परिचालन गरेर स्थिति नियन्त्रणमा लिने प्रयास गर्दा कयौँ मानिस मारिएको आशंका छ।

राजधानी रहेको जिल्लाका गभर्नर पवेस पार्कोपले एक रेडियोबाट सम्बोधन गर्दै सहरमा लुटपाट मच्चाएको र सेनाले शान्ति बहालीको प्रयास गरिहेको बताएका छन्।

४ लाख जनसंख्या रहेको राजधानी सहरमा लुटपाट मच्चिएपछि नियन्त्रण गर्न कठिन भएको अधिकारीहरूले जनाएका छन्।

प्रधानमन्त्री जेम्स मारापेले कम्युटरमा भएको गडबडीका कारण राष्ट्र सेवक कर्मचारीको तलब ५० प्रतिशत कटौती भएको र त्यो सुधारको काम भइरहेको दाबी गरेका छन्।

तर प्रहरी भने सरकारले अचानक तलब भत्ता कटौती गरेर हतोत्साहित गरेको भन्दै प्रदर्शनमा उत्रिएका हुन्।

पुष २६, २०८० बिहीबार १०:२९:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।