जसपा बैठकमा महाधिवेशनबारे छलफल हुँदै

जसपा बैठकमा महाधिवेशनबारे छलफल हुँदै

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको दोस्रो दिनको बैठकमा महाधिवेशनबारे छलफल हुँदैछ।

महाधिवेशनभन्दा अगाडि पालिकादेखि प्रदेशसम्मको अधिवेशन सम्पन्न गर्नुपर्ने तथा निर्वाचित समितिको अभिलेख केन्द्रीय संगठन विभागमा पठाउनुपर्ने बुधबारको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा प्रस्ताव गरिएको छ।

साथै महाधिवेशनका लागि राजनीतिक प्रतिवेदन, नीति कार्यक्रम, आर्थिक प्रतिवेदनलगायतका दस्तावेजहरुको मस्यौदा गर्नुपर्ने साथै महाधिवेशन लागि व्यवस्थापन, प्रचारप्रसार र आर्थिक कामलाई पनि व्यवस्थित गर्ने भनिएको छ।

साथै राष्ट्रिय सभाको निर्वाचन, केन्द्रीय विभाग तथा संयन्त्रको जिम्मेवारी लगायतका विषयमा बैठक केन्द्रित हुनेछ।

पुष २६, २०८० बिहीबार ०८:५०:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।