राष्ट्रिय सभा सदस्य निर्वाचन : छानबिनपछि आज उम्मेदवारको नामावली प्रकाशित हुँदै

राष्ट्रिय सभा सदस्य निर्वाचन : छानबिनपछि आज उम्मेदवारको नामावली प्रकाशित हुँदै
फाइल तस्बिर

काठमाडौं : राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार उम्मेदवारको नामावली प्रकाशन हुँदैछ।

आयोगको कार्यतालिकाअनुसार सोमबार मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध मंगलबार परेका दाबीविरोध र उजुरीमाथि दुई दिन छानबिन गरी बिहीबार नामावली प्रकाशन गर्न लागिएको हो।

उम्मेदवारी परेका दुई जनाविरुद्ध उजुरी परेको छ।

सुदूरपश्चिम प्रदेशमा कांग्रेसका तर्फबाट अपांगता समूहबाट उमेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा माओवादी केन्द्रका दलित समूहका उम्मेदवार विष्णु विकविरुद्ध उजुरी परेको छ।

भट्टविरुद्ध अपांगतासम्बन्धी प्रमाण नपुगेको भन्दै एमालेका उम्मेदवार रामचन्द्र जोशीले उजुरी दिएका छन्।

विकविरुद्ध एमालेकै उम्मेदवार हिक्मत विकले प्रतिनिधिसभा सदस्यको बन्दसूचीमा नाम भएको भन्दै उजुरी हालेका छन्।

निर्वाचनमा भाग लिन नचाहने उम्मेदवारले शुक्रबारको नाम फिर्ता गर्न सक्नेछन्। त्यसै दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। 

पुस २८ गते शनिबार बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ।

माघ ११ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान तय भएको छ।

पुष २६, २०८० बिहीबार ०७:५२:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।