दम्पती सवार मोटरसाइकल कर्णालीमा खस्यो, दुई सन्तान टुहुरा

दम्पती सवार मोटरसाइकल कर्णालीमा खस्यो, दुई सन्तान टुहुरा

काठमाडौं : कैलालीको मोहन्याल गाउँपालिकामा एक दम्पती सवार मोटरसाइकल कर्णाली नदीमा खस्दा दुवै जनाको मृत्यु भएको छ।

कैलालीको मोहन्याल-७ मा पर्ने कुइने चिसापानी सडक खण्डको पितमारीमा बुधबार साँझ दुर्घटना हुँदा अछामको पञ्चदेवल विनायक नगरपालिका-१ कुइकाका खकेन्द्र ढकाल र श्रीमती मैसराको मृत्यु भएको हो।

ढकाल दम्पती सवार भे १३ प १०७४ नम्बरको मोटरसाइकल साँझ ७ बजेतिर अछामबाट बर्दियाको भुरीगाउँ जाँदै थिए।

मोटरसाइकल सडकबाट करिब २०० मिटर तल कर्णाली नदीमा खसेको थियो। मोटरबोटको सहायताले निकालिएको दुवै शव टीकापुर अस्पतालमा राखिएको छ।

ढकाल दम्पतीका दुई छोरा र एक छोरी छन्।

पुष २६, २०८० बिहीबार ०७:४०:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।