तीन प्रदेशमा बदली, तराईमा हुस्सु र कुहिरो

तीन प्रदेशमा बदली, तराईमा हुस्सु र कुहिरो
फाइल तस्बिर

काठमाडौं : तराईका अधिकांश भूभागमा अहिले हुस्सु र कुहिरो लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा छ।

महाशाखाका अनुसार दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहनेछ।

राति कोशी र बागमती प्रदेशको पहाडी भेगका आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहनेछ।

तराईमा हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाइ यातायातमा प्रभाव पर्नसक्ने महाशाखाले जनाएको छ। 

उसले चिसोबाट समेत बच्न आवश्यक उपाय अपनाउन समेत सुझाव दिएको छ।

पुष २६, २०८० बिहीबार ०७:२३:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।