नेपालको लगानी सम्मेलनमा आउन अन्तर्राष्ट्रिय फोरमबाट अर्थमन्त्री महतले दिए निम्तो

नेपालको लगानी सम्मेलनमा आउन अन्तर्राष्ट्रिय फोरमबाट अर्थमन्त्री महतले दिए निम्तो

गुजरात : अर्थमन्त्री डा=प्रकाशशरण महतले आगामी वैशाखमा नेपालमा हुने लगानी सम्मेलनमा सहभागी हुन भारत र अन्य देशका लगानीकर्तालाई निम्ता दिएका छन्।

भारतको गुजरातमा आयोजित भाइब्रेन्ट गुजरात ग्लोबल समिट २०२४मा सहभागी विभिन्न देशका राष्ट्रप्रमुख, मन्त्री र लगानीकर्ताहरुलाई सम्बोधनगर्दै मन्त्री महतले नेपालमा हुने लगानी सम्मेलनमा सहभागी हुन निमन्त्रणा दिएका हुन्।

‘नेपालमा वैशाख १६ र १७ गते लगानी सम्मेलन हुँदैछ। यो कार्यक्रममा म भारतसँगै अन्य देशका लगानीकर्ताहरूलाई पनि निम्तो गर्छु। तपाईँहरूको इनोभेटिभ बिजनेस आइडिया र लगानीको निर्णयले नेपालको विकासकालागि नयाँ माइलस्टोन खोल्नेछ भन्ने आशा गर्दछु’ उनले भने।

उनले सो सम्मेलनमा नेपालमा ऊर्जा, पर्यटन, कृषि ,व्यवसाय र आइटीमा लगानीको ठुलो अवसर रहेको बताउँदै स्वास्थ्य, शिक्षा, उत्पादन, निर्माण र यातायात, खानी, बैङ्किङ र वित्तीय सेवाजस्ता लगानीका अन्य सम्भावित क्षेत्रहरू समेत रहेको बताएका थिए।

पुष २५, २०८० बुधबार १८:२९:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।