राष्ट्रियसभामा गठबन्धनका उम्मेदवार जिताउन समन्वय समिति गठन, संयोजक रमेश लेखक

राष्ट्रियसभामा गठबन्धनका उम्मेदवार जिताउन समन्वय समिति गठन, संयोजक रमेश लेखक

काठमाडौं : सत्ता गठबन्धनले राष्ट्रियसभामा आफ्ना उम्मेदवार जिताउन समन्वय समितिमा गठन गरेको छ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकको संयोजकत्वमा चार पार्टीबाट एक एक जना रहेको समन्वय समिति बनाइएको हो। समन्वय समितिको बुधबारको पहिलो बैठकले माओवादीबाट हितराज पाण्डे, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र जसपाबाट मनिस सुमनलाई लिएको छ।

संयोजक लेखकका अनुसार गठबन्धनका उम्मेदवार जिताउन सातवटै प्रदेशमा राष्ट्रिय सभा निर्वाचन प्रदेश समन्वय समिति र सबै जिल्लामा पनि समन्वय समिति गठन गर्ने निर्णय गरेको छ।

माघ ११ गते हुने चुनावमा १९ सिटमा कांग्रेसले १०, माओवादीले ६, समाजवादीले ३ र जसपाले एक सिटमा उम्मेदवारी दिएको छ।

पुष २५, २०८० बुधबार १८:०९:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।