न्युयोर्क टाइम्सले सार्वजनिक गरेको २०२४ मा घुम्नै पर्ने गन्तव्यमा नेपालको ‘मुस्ताङ’ पनि

न्युयोर्क टाइम्सले सार्वजनिक गरेको २०२४ मा घुम्नै पर्ने गन्तव्यमा नेपालको ‘मुस्ताङ’ पनि

 

काठमाडौं : अमेरिकी सञ्चारमाध्यम न्युयोर्क टाइम्सले सन् २०२४ मा घुम्नै पर्ने गन्तव्यमा नेपालको मुस्ताङलाई पनि समावेश गरेको छ।

न्युयोर्क टाइम्सले मुस्ताङको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्वको संक्षिप्त वर्णन गर्दै सन् २०२४ मा घुम्नै पर्ने विश्वका गन्तव्यको सूचीमा मुस्ताङलाई ३७ औँ नम्बरमा राखिएको छ।

विश्वका ५२ वटा गन्तव्यको सूची सार्वजनिक गर्ने क्रममा पर्यटकीय स्थलको रूपमा मुस्ताङ ३७ औँ नम्बरमा समावेश भएको हो।

हिलमापारीको जिल्लाको नामबाट परिचित मुस्ताङ धौलागिरि र निलगिरि दुई अग्ला हिमशिखरको बीचमा अवस्थित रहेको छ। करिब ३ हजार वर्ष भन्दा अगाडिको पुरातात्त्विक उत्खनन अनुसार त्यहाँ बाट नेपाल र तिब्बत बीचको व्यापारिक मुख्य नाका रहेको थियो।

खासगरी भोटे गुरुङ, विष्ट, ठकुरी एबम् थकाली तथा दलित समुदायको बाहुल्यता रहेको मुस्ताङका प्रमुख पर्यटकीय स्थलमा लोमान्थाङ ऐतिहासिक दरबार, लोमान्थाङको सिटी वाला, मुक्तिनाथ क्षेत्र, टुकुचे निलगिरि हिमाल, धौलागिरि हिमाल, तिलिचो पिक, याककावा पिक, टुकुचे धम्पुस पिक, टुकुचे पिक हिमाल टुकुचे मार्चे लेख, टुकुचे बतासे लेख, टुकुचे नाथांग खर्क रहेका छन्।

त्यस्तै, धार्मिक पर्यटकका लागि नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको मन्दिर मुक्तिनाथ मुस्ताङ्कै जोमसोममा अवस्थित छ। त्यसका अलावा दामोदर कुण्ड, कागबेनी, शिवालय मन्दिर (पुथाङ), गणेश मन्दिर (जोमसोम) टुकुचे गोम्पा कोबाङ, टुकुचे क्युपर् गोम्पा, टुकुचे गोम्पसम्प, टुकुचे मकल् गोम्पा, टुकुचे रानी गोम्पा, मार्फा गोम्पा पनि धार्मिक पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्न सक्छन्।

न्युयोर्क टाइम्सले सार्वजनिक गरेको लिस्टमा नर्थ अमेरिकालाई शीर्ष स्थानमा रहँदा फ्लोरिडा ५२ औँ स्थानमा छ।

पुष २५, २०८० बुधबार १४:०९:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।