रिजवान टी-२०आई टोलीको उपकप्तान नियुक्त

रिजवान टी-२०आई टोलीको उपकप्तान नियुक्त

एजेन्सी : पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले न्युजिल्याण्डविरुद्धको पाँच खेलको शृङ्खला अघि टी-२० टोलीको उपकप्तानमा मोहम्मद रिजवानलाई नियुक्त गरेको छ।

उनले टिममा शादाब खानको स्थानमा लिएका हुन्। विकेटकिपर ब्याट्सम्यानको भूमिकामा रहेका उनी घुँडाको चोटका कारण न्यूजिल्यान्ड भ्रमणमा थिएनन्।

सन् २०२३ को एकदिवसीय विश्वकपको नतिजापछि बाबर आजमले सबै ढाँचाका क्रिकेटको कप्तानीबाट राजीनामा दिएपछि रिजवानको नियुक्ति पाकिस्तानको नेतृत्व समूह र बोर्ड संरचनामा भएको परिवर्तनको पछिल्लो घटना हो।

विश्वकपमा पाकिस्तानले नौ खेलमा चारमा जित हात पारेर तालिकाको पाँचौं स्थानमा रह्यो र नकआउटमा पुग्न असफल भयो। ३१ वर्षीय रिजवानले शाहिन शाह अफ्रिदीको उपकप्तानको रूपमा काम गर्नेछन्।

रिजवानसँग अन्तर्राष्ट्रिय र घरेलु दुवै खेलको नेतृत्व गरेको अनुभव छ। बाबर दायाँ औँला भाँचिएको कारण बाहिरिएपछि उनले सन् २०२० को अन्त्यमा र २०२१ को सुरुमा न्युजिल्यान्ड विरुद्धको दुई टेस्ट खेलमा पाकिस्तानको नेतृत्व गरेका थिए।

पीएसएलमा रिजवान २०२१ देखि मुल्तान सुल्तान्सका कप्तान छन्। उनको नेतृत्वमा, सुल्तानले २०२१ मा उपाधि जितेको थियो, र २०२२ र २०२३ मा फाइनलका लागि छनोट भयो। समग्रमा उनले २३८ टी–२० खेलमा ६४ मा नेतृत्व गरेका छन्।

रिजवानले पाकिस्तान पुरुष टी-२० आई टोलीको उपकप्तानको रूपमा नियुक्त हुनु सम्मानको विषय भएको भन्दै पीसीबीप्रति धन्यवादसमेत दिएका छन्।

पुष २५, २०८० बुधबार १३:०८:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।