हिलेखोलाको जंगलमा २० वर्षीया युवतीमाथि सामुहिक बलात्कार, तीन जना पक्राउ

हिलेखोलाको जंगलमा २० वर्षीया युवतीमाथि सामुहिक बलात्कार, तीन जना पक्राउ

उदयपुर : २० वर्षीया युवतीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा चौदण्डीगढी नगरपालिका-८ हिलेखोला बस्ने ३० वर्षीय गणेश राई, २७ वर्षीय उमेश मगर र २७ वर्षीय खडग मगर रहेका छन्।

ती युवतीलाई फकाएर सोही ठाउँस्थित जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनीहरूलाई मंगलबार दिउँसो पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

पुष २५, २०८० बुधबार १२:५२:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।