‘धूम ४’मा शाहरुख खान!

‘धूम ४’मा शाहरुख खान!

एजेन्सी : बलिउड सुपरस्टार शाहरुख खानको ‘पठान’, ‘जवान’ र ‘डिन्की’ले बक्स अफिसमा धुम मच्चाएको छ।

सन् २०२३ मा रिलिज भएका यी तीनवटै फिल्म बक्स अफिसमा हिट भएसँगै किङ्ग खानले सन् २०२४ मा ब्रेक लिन लागेका हुन्।

रिपोर्टका अनुसार सन् २०२४ मा शाहरुख खानको एउटा पनि फिल्म रिलिज हुने छैन। तर, उनको नाम कयौं फिल्मसँग भने जोडिएको छ।

अहिले करण जोहरदेखि विशाल भारद्वाजसम्मका धेरै चर्चित निर्देशक किङ खानसँग काम गर्न तयार छन्। तर, अहिलेसम्म शाहरुखले कसैसँग सम्झौता गरेका छैनन्।

यसैबीच शाहरुख खानको नाम नाम ‘धूम ४’सँग जोडिएको छ। एबीपी न्यूजका अनुसार शाहरुख खानले ‘धूम ४’मा काम गर्न सहमत भएका छन्।

यसअघि केही मिडिया रिपोर्टहरूले ‘धूम ४’मा शाहरुखले अभिनय गर्न लागेको खबर आएका थिए। यद्यपि शाहरुख आफैँले भने यस विषयमा कुनै जानकारी गराएका छैनन्।

पुष २५, २०८० बुधबार १२:०६:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।