सबै संसदीय समितिले बोलाउने हो भने मलाई समय व्यवस्थापन गर्न समस्या पर्ने भयो : प्रधानमन्त्री

सबै संसदीय समितिले बोलाउने हो भने मलाई समय व्यवस्थापन गर्न समस्या पर्ने भयो : प्रधानमन्त्री
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय समितिहरूले छलफलका लागि बोलाइरहँदा आफूलाई समय व्यवस्थापनका लागि समस्या परेको गुनासो गरेका छन्।

आज प्रतिनिधिसभा अन्तर्गत रहेको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा भारतीय विदेश मन्त्री एस जयशंकरको नेपाल भ्रमण र भारतसँग भएको सम्झौताबारे जानकारी दिन समितिमा उपस्थित भएका प्रधानमन्त्री प्रचण्डले यस्तो बताए।

उनले भने, ‘संसदीय समितिहरूमा बोलाइरहनुभएको छ। अस्ति राज्यव्यवस्था समितिमा पनि सहभागी भएको थिएँ। अन्यथा होइन, यसरी सबै समितिले बोलाउने हो भने मलाई समय व्यवस्थापन गर्न समस्या पर्ने भयो।’

बैठकमा प्रधानमन्त्रीले भारतसँग भएको सम्झौताबारे समितिमा जानकारी गराइरहेका छन्।

पुष २५, २०८० बुधबार १२:००:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।