नेपाली लघुचलचित्र ‘द स्कुल वाल’ नाइजेरिया र जिम्बावेमा छनोट

नेपाली लघुचलचित्र ‘द स्कुल वाल’ नाइजेरिया र जिम्बावेमा छनोट

काठमाडौं : लघुचलचित्र ‘द स्कुल वाल’ नाइजेरिया र जिम्बावेमा छनोट भएको छ।

बालमनोविज्ञानमा आधारित लघुचलचित्र नाइजेरियाको इडो स्टेट इन्टरनेशनल फिल्म फेस्टिभल र जिम्बावेको भर्सिटी फिल्म एक्स्पोमा छनोट भएको हो।

यसअघि बेलायतको लिफ्ट अफ फिल्ममेकर सेसन्समा छनोट भएको थियो।लघुचलचित्रमा श्लोक साह, सुवास प्रसाद गजुरेल, सरोज लामिछाने, चन्द्र प्रसाद पाण्डे, गिता श्री थापा, आयुषा गौतम लगायतले अभिनय गरेका छन्।

काठमाडौंमा छायांकन गरिएको लघुचलचित्रको दृश्य नारायण जिसीले खिचेका हुन्। ऐना आट्र्सको प्रस्तुतिमा निर्माण भएको लघुचलचित्र द स्कुल वालको लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन्।

उनकै लेखन तथा निर्देशन रहेको लघुचलचित्र ‘घुर्रा’, ‘भाउ’, ‘पाउलो’ विभिन्न देशहरुमा छनोटमा परिसकेको छ।

‘द स्कुल वाल’ मा पर्खालको रुपमा गरिबी, परिस्थिति र जिम्मेवारीलाई प्रस्तुत गरिएको छ। लघुचलचित्रमा विद्यालय नजिकै जुत्ता पालिस गर्ने तराईको एक बालकको संघर्षको कथालाई प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ।

पुष २५, २०८० बुधबार १०:३२:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।