एकै परिवारमा पाँच सन्तानको निसास्सिएर मृत्यु, बुवाआमा बिरामी

एजेन्सी : भारतको उत्तर प्रदेशको अमरोहा जिल्लामा एकै परिवारका पाँच बालबालिकाको निसास्सिएर मृत्यु भएको छ।
जिल्लाको ढाका गाउँमा कोठामा काेइला बालेर खाना पकाइएकोमा पछि सोही कोठामा सात जना सुतेका थिए।
अमरोहा जिल्ला मजिस्ट्रेट राजेश त्यागीका अनुसार सँगै सुतेका सातमध्ये तीन बालिका र दुई बालकको निसास्सिएर मृत्यु भएको हो।
कोठामा अक्सिजनको अभावका कारण उनीहरूको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ।
दुई जनालाई उपचारका लागि अस्पताल पठाइएकाेमा उनीहरूको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको भारतीय मिडियाले जनाएका छन्।
पुष २५, २०८० बुधबार ०९:४४:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।