जसपाको केन्द्रीय राजनीतिक समिति बैठक आज बस्दै

जसपाको केन्द्रीय राजनीतिक समिति बैठक आज बस्दै

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक आज बस्दैछ।

दुई दिने बैठक ललितपुरको भोलढोकास्थित ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजेका लागि बोलाइएको छ।

जसपाले गत भदौमा सञ्चालन गरेको संगठन विस्तार तथा सुदृढीकरण अभियान र उक्त अभियानमा पार्टी सदस्यहहरुको सक्रियतामा भएका सांगठनिक प्रगति विवरण प्रतिवेदन बैठकमा प्रस्तुत हुनेछ।

त्यसैगरी राजनीतिक तथा संगठनात्मक प्रतिवेदन बैठकमा प्रस्ताव गरिनुका साथै पार्टीको आगामी महाधिवेशनबारे समेत बैठकमा छलफल हुनेछ।

पुष २५, २०८० बुधबार ०९:०४:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।