लाइभ कार्यक्रममै मास्क लगाएका बन्दुकधारी घुसेपछि...

लाइभ कार्यक्रममै मास्क लगाएका बन्दुकधारी घुसेपछि...

एजेन्सी : इक्वेडरमा बन्दुकधारीहरूको एक समूहले टेलिभिजनमा लाइभ कार्यक्रम भैरहँदा स्टुडियोमै प्रवेश गरी हंगामा गरेका छन्।

मुख छोपेर आएका बन्दुकधारीहरूले गुयाक्वील सहरको टीसी टेलिभिजनको स्टुडियोमा भइरहेको लाइभ कार्यक्रममा हंगामा मच्चाएका हुन्।

उनीहरुले कार्यक्रम सञ्चालकलाई आधा घण्टा नियन्त्रणमा लिई छाडेका थिए।

इक्वेडरमा एक कुख्यात अपराधी कारागारबाट भागेर अपराध बढाउन थालेपछि इक्वेडरमा २ महिने संकटकाल घोषणा गरिएको छ।

 

संकटकाल घोषणा भएको केहीदिन बित्न नपाउँदै अपराधीहरूको समूहले टेलिभिजन स्टुडियोका कर्मचारीलाई समेत धम्क्याएका हुन्। 

घटना लगत्तै त्यस ठाउँमा प्रहरी परिचालन गरिएको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले केहीलाई पक्राउ गरेको छ।

अपराधीहरूको समूहले केहीदिन यतामात्र ७ जना प्रहरी अधिकारीहरुलाई अपहरण गरिसकेका छन्।

इक्वेडरको शान्ति सुरक्षाको टाउको दुखाइ बनेका फितो उपनामका एडोल्फो मासियास भिलामर आइतबार निकै सुरक्षित मानिएको जेलबाट भागेका थिए।

पुष २५, २०८० बुधबार ०८:१८:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।