नेपाली फिल्ममा अभिनय गर्दै हलिउडका कलाकार
काठमाडौँ : अमेरिका पुगेका भुटानी शरणार्थीको कथामा बन्न लागेको नेपाली फिल्ममा हलिउडका चर्चित कलाकार ब्रुस डर्नले अभिनय गर्ने भएका छन्। उनले नेपाली फिल्म ‘भुठान’मा अभिनय गर्न लागेको फिल्म निर्माण टिमले बताएको छ।
फिल्मको टिमले एजेन्सीमार्फत उनलाई स्क्रिप्ट पठाएको र उनी राजी भएको बताइएको छ। फिल्ममा हरिवंश आचार्य र दयाहाङ राई, जोयस पाण्डे, अनुराधा मजुमदार, पूजा चन्द लामा, ऋचा घिमिरे, अदिति प्याकुरेल अनुबन्धित भइसकेका छन्। अमेरिकामा फिल्मको सुटिङ सुरु भइसकेको छ। ‘बुलबुल’ फिल्मका निर्देशक विनोद पौडेलले फिल्मको निर्देशन गर्दैछन्।
पुष २४, २०८० मंगलबार २२:४३:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।