राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता घटकले बनाए समन्वय समिति

राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता घटकले बनाए समन्वय समिति

काठमाडौँ : राष्ट्रियसभा निर्वाचनमा समन्वय गर्न सत्ता गठबन्धनमा रहेका दलहरूको समन्वय समिति बनेको छ।

मंगलबार साँझ बसेको गठबन्धन बैठकले नेपाली कांग्रेसका नेता रमेश लेखक, माओवादी केन्द्रका नेता वर्षमान पुन, एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे र जसपाका नेता मनिष सुमन रहेको समन्वय समिति बनाएको हो।

समितिलाई राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका १९ जना उम्मेदवारलाई विजयी गराउन समन्वय गर्ने जिम्मेवारी तोकिएको एक नेताले जानकारी दिए।

पुष २४, २०८० मंगलबार २१:२९:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।