शहिद थप्दै सरकार, ट्रंक लाइनको महसुल विवाद अध्ययन गर्न समिति

शहिद थप्दै सरकार, ट्रंक लाइनको महसुल विवाद अध्ययन गर्न समिति

काठमाडौँ : मन्त्रीपरिषद् बैठकले शहिद थप्ने निर्णय गरेको छ। मंगलबार बसेको बैठकले मन्त्रिपरिषद्बाट विभिन्न मितिमा शहिद घोषणा भई विवरण फरक परेकाहरूको, विवरण सच्याउने, नेपाल राजपत्रमा प्रकाशन हुन छूट शहिदहरुको नाम प्रकाशन गर्ने र थप सहिद घोषणा गर्ने निर्णय गरेको हो।

बैठकले डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद समाधान गर्न छानबिन समिति समेत गठन गरेको छ। बैठकले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा उद्योग र ऊर्जा मन्त्रालयका सहसचिव रहेको समिति गठन गर्ने निर्णय गरेको हो।

सो निर्णय गरेसँगै सरकारले महसुल नतिरेको भन्दै नेपाल विद्ध्युत प्राधिकरणले लाइन काटेको उद्योगीहरूको विद्युत् लाइन खोल्न समेत निर्देशन दिएको छ।

बैठकले  नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिएको राजीनामा स्वीकृत गरेर प्राधिकरणका सदस्य नवराज अधिकारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ।

पुष २४, २०८० मंगलबार २१:२३:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।