मुख्य प्रशिक्षक हटाउँदै पीसीबी, अन्य दुई कोचको सम्झौता पनि पुनर्विचार गर्ने

मुख्य प्रशिक्षक हटाउँदै पीसीबी, अन्य दुई कोचको सम्झौता पनि पुनर्विचार गर्ने

एजेन्सी : विश्वकपमा खराब प्रदर्शन गरेपछि पाकिस्तान क्रिकेट बोर्ड(पीसीबी)ले पाकिस्तानी टोलीको प्रशिक्षक मिकी आर्थरलाई स्थायी रूपमा हटाउने निर्णय गरेको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार पीसीबीले मिकी आर्थर, ग्रान्ट ब्राडबर्न र एन्ड्रयू प्याटिकसँगको सम्बन्ध तोडेको छ।

बोर्डका अध्यक्ष जाका अशरफ र मुख्य अपरेटिङ अफिसर सलमान नासिरले तीन प्रशिक्षकसँग अन्तिम सम्झौताबारे छलफल गर्ने समाचारमा उल्लेख छ।

यी तीनलाई गत वर्ष अप्रिल-मेमा पीसीबीको क्रिकेट व्यवस्थापन समितिका तत्काल अध्यक्ष नजम सेठीले नियुक्त गरेका थिए।

विश्वकपमा खराब प्रदर्शन गरेपछि तीनै जना लाहोर फर्किएका थिए। यसपछि मोहम्मद हफिज पाकिस्तानी टोलीको निर्देशक चुनिए।

नयाँ टोली निर्देशक र प्रशिक्षकको नियुक्तिपछि पनि पाकिस्तानी टोलीको प्रदर्शनमा खासै सुधार आउन सकेको छैन।

पछिल्लो समय भएको अस्ट्रेलियासँगको टेष्ट शृंखलामा पाकिस्तान ३–० ले पराजित भएको थियो।

पुष २४, २०८० मंगलबार १४:०५:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।