सूर्यज्योति लाइफ इन्स्योरेन्सले भन्यो- नीति नियम भन्दा अलिकति पनि पर गएका छैनौँ

सूर्यज्योति लाइफ इन्स्योरेन्सले भन्यो- नीति नियम भन्दा अलिकति पनि पर गएका छैनौँ

 

काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफूहरू विरुद्ध केही सञ्चारमाध्यममा भ्रामक समाचार आएको भन्दै खण्डन गरेको छ।

कम्पनीले विज्ञप्ति जारी गर्दै आफूहरूले संस्थागत सुशासन, बीमा ऐन र नीति नियमको अवलम्बन गर्दै आएको र नियमनकारी निकाय बीमा प्राधिकरणको प्रत्यक्ष निगरानी र निर्देशन अनुसार आफ्ना सम्पूर्ण कार्यसम्पादन गर्दै आएको दाबी गरेको छ।

नेपाल सरकारका अन्य नियामक निकाय कम्पनी रजिस्ट्रारको कार्यालय, आन्तरिक राजस्व कार्यालय, नेपाल स्टक एकस्चेञ्ज (नेप्से), नेपाल धितोपत्र बोर्ड (सेबोन), सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड लगायत सबै सरोकारवाला नियामक निकायहरूको नीति, नियम र निर्देशनहरूको परिधि भित्र रही सो निर्देशनहरूको पूर्ण परिपालन गरेको कम्पनीको भनाई छ।

‘केही अनलाइन मिडियाद्वारा सुनियोजित तवरले श्रृंखलाबद्ध गरी फरक-फरक शीर्षक राखी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी प्रति नकरात्मक असर पुर्याउने हेतुले आफूखुसी अपव्याख्या गर्दै कपोलकल्पित, भ्रामक, अतिरञ्जित र तथ्यहीन र सत्य तथ्य नबुझी तथा विषयगत ज्ञान नराखी सिलसिलेवार तवरले समाचारहरूको सम्प्रेषण भएका यस्ता समाचारहरू प्रति सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ।

पुष २४, २०८० मंगलबार १२:५२:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।