एनएमबि र युएसएडको उद्यमीहरूलाई डिजिटल वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं : एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (युएसएड) सँगको सहकार्यमा विराटनगरका उद्यमीहरूलाई डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा साना तथा मझौला उद्यम तथा लघु, साना तथा मझौला उद्यमहरू वृद्धि गर्ने उद्देश्यले उद्यमीहरूलाई डिजिटल भुक्तानी प्रणालीबारे जानकारी दिइएको थियो।
सो कार्यक्रम डिजिटल भुक्तानीबारे निर्णायक भूमिका र व्यवसायको वृद्धि र दिगोपन बढाउन उपलब्ध विभिन्न सेवाहरू र मार्केटिङ प्रविधिहरूबारे जानकारी गराउनमा कार्यक्रम केन्द्रित थियो।
कार्यक्रममा विभिन्न उद्योगहरूबाट ११० भन्दा बढी सहभागीहरू सक्रिय रूपमा छलफलमा संलग्न थिए।
पुष २४, २०८० मंगलबार १२:३१:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।