सुनको मूल्य घट्यो, चाँदीको स्थिर

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

काठमाडौं : साताको तेस्रो दिन सुनको मूल्य घट्दा चाँदीको स्थिर छ।

सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा २ सय रुपैयाँ घट्दा चाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको १ लाख १८ हजार ६ सय रुपैयाँ हुँदा तेजाबी सुनको मूल्य १ लाख १८ हजार ५० रुपैयाँ रहेको छ।

यता चाँदीको मूल्य भने स्थिर रहँदा मंगलबार पनि १ हजार ४१५ रुपैयाँ प्रतितोलामै कारोबार भइरहेको छ।

पुष २४, २०८० मंगलबार १२:२०:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।