बाबुले खुकुरी प्रहार गरी आफ्नै छोराको गरे हत्या

बाबुले खुकुरी प्रहार गरी आफ्नै छोराको गरे हत्या

काठमाडौं : इलामको माई नगरपालिका–६, बिहीबारेमा बुबाले आफ्नै छोराको हत्या गरेका छन्।

सामान्य घरायसी विवादमा बुबाले हानेको खुकुरीले छोराको मृत्यु भएको हो।

स्थानीय ३६ वर्षे दिलकुमार राईले आफ्ना १९ वर्षीय छोरा जीवन राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

हिजो साँझ करिब ७ बजे बुबाले छोरालाई खुकुरी प्रहार गरेका थिए। मदिरा सेवन गरेका कारण उनीहरूबीच विवाद भएको थियो।

गम्भीर घाइते जीवनको उपचारको क्रममा झापाको बि एन्ड सी अस्पतालमा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश जबेगूले जानकारी दिए।

घटना पछि दिलकुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पुष २४, २०८० मंगलबार १२:१५:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।