बक्यौता रकम उठाउन प्राधिकरणको किस्ताबन्दी सुविधा, ३० दिनभित्र आवेदन दिन आग्रह

बक्यौता रकम उठाउन प्राधिकरणको किस्ताबन्दी सुविधा, ३० दिनभित्र आवेदन दिन आग्रह

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले किस्ताबन्दीमा बिजुलीको बक्यौता रकम बुझाउने सुविधा लिनका लागि ३० दिनभित्र आवेदन दिन आग्रह गरेको छ।

गोरखापत्रमा सूचना जारी गर्दै प्राधिकरणले बक्यौता रकम तिर्ने सुविधाका लागि ३० दिनभित्र सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी आवेदन दिन भनेको हो।

प्राधिकरणको सञ्चालक समितिको यही पुस १६ गते बसेको बैठकले बक्यौता रकम तिर्नका लागि किस्ताबन्दीको सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो।

विशेष व्यवस्था अनुसार बक्यौता विद्युत् खपतको महसुल बढीमा ६० महिनासम्मको किस्ताबन्दीमा बुझाउन सकिने छ।

पछिल्लो समय प्राधिकरणले लामो समयदेखि बक्यौता महसुल नतिर्ने विद्युत् उपभाेक्ताहरूको लाइन धमाधम काटिरहेको छ।

ट्रङ्क र डेडिकेटेड लाइनको विद्युत् महसुल उठाउनका लागि प्राधिकरण भरमग्दुर प्रयास  गरिरहेको छ। यसै विषयमा केही उद्योगीले प्राधिकरणविरुद्ध उच्च अदालतमा मुद्दासमेत दायर गरेका छन्।

पुष २४, २०८० मंगलबार ०८:१९:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।