इजरायली सेनाको ड्रोन आक्रमणमा हिजबुल्लाहका वरिष्ठ कमाण्डर मारिए

इजरायली सेनाको ड्रोन आक्रमणमा हिजबुल्लाहका वरिष्ठ कमाण्डर मारिए

एजेन्सी : इजरायली सेनाले गरेको ड्रोन आक्रमणमा लेबनानी शिया इस्लामवादी लडाकु समूह हिजबुल्लाहका एक वरिष्ठ कमाण्डर मारिएका छन्।

समाचार एजेन्सी रोयटर्सको रिपोर्टका अनुसार दक्षिणी लेबनानमा भएको आक्रमणमा मारिएका हिजबुल्लाहका वरिष्ठ नेता ‘विसाम अल-तविल’ मारिएका हुन्।

विसाम अल-ताविल हिजबुल्लाहको एक एकाइ रडवान फोर्सका उपप्रमुख थिए।

लेबनानी गाउँ माजदल सेलममा आक्रमणमा परेर अल-ताविल र अर्का एक हिजबुल्लाअ लडाकु मारिएको तीन सुरक्षा स्रोतहरू उद्धृत गर्दै रोयटर्सले जनाएको छ।

एक सुरक्षा स्रोतले यसलाई दु:खद् आक्रमण भनेको छ। उता अर्को सुरक्षा स्रोतले यो आक्रमणपछि स्थिति बिग्रने विश्लेषण गरेको छ।

हिजबुल्लाहका नेता सय्यद हसन नसरल्लाहले इजरायलले लेबनानविरुद्ध युद्ध नगर्न चेतावनी दिएका छन्।

पुष २४, २०८० मंगलबार ०८:००:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।