पाकिस्तानमा नवाज शरीफमाथि लगाइएको आजीवन अयोग्यता समाप्त, चुनावमा सहभागी हुन मनोनयन दर्ता

पाकिस्तानमा नवाज शरीफमाथि लगाइएको आजीवन अयोग्यता समाप्त, चुनावमा सहभागी हुन मनोनयन दर्ता

एजेन्सी : पाकिस्तानको सर्वोच्च अदालतले देशका पूर्वप्रधानमन्त्री नवाज शरीफ र स्टेबिलिटी पार्टीका अध्यक्ष जहांगीर तरिनलाई चुनावअघि ठूलो राहत दिएको छ।

अदालतले संविधानको धारा ६२–१(ग)को व्याख्या गर्दै दोषी ठहर भएका सांसदलाई आजीवन चुनाव लड्न नपाउने कानुन खारेज गरेको छ।

अदालतको यो आदेशसँगै नवाज शरीफमाथि लगाइएको आजीवन अयोग्यता अब अन्त्य हुनेछ। नवाज शरीफ र जहाँगीर तरिनले आगामी निर्वाचनमा सहभागी हुने घोषणा गर्दै उम्मेदवारी दर्ता गरेका छन्।

पाकिस्तानका प्रधानन्यायाधीश काजी फैज इसाको नेतृत्वमा रहेको सात सदस्यीय इजलासले मुद्दाको सुनुवाइ गर्दै जनवरी ५ मा पक्षहरूको बहस सकिएपछि सर्वोच्च अदालतले आफ्नो निर्णय सुरक्षित राखेको थियो।

यसअघिको संसदले निर्वाचन ऐन २०१७ लाई परिमार्जन गरी अयोग्यताको अधिकतम अवधि पाँच वर्ष तोकेको थियो। निर्णयमा निर्वाचन ऐन बमोजिमको अयोग्यताको अवधि पाँच वर्ष कायम रहने उल्लेख छ।

पुष २४, २०८० मंगलबार ०७:४५:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।