महोत्तरीका तीन स्थानीय तहका विद्यालय बन्द

महोत्तरीका तीन स्थानीय तहका विद्यालय बन्द
सांकेतिक तस्बिर

महोत्तरी : अत्यधिक चिसो बढेपछि महोत्तरीका तीन स्थानीय तहले विद्यालय बन्द गरेका छन्।

रामगोपालपुर नगरपालिका र सोनमा गाउँपालिकाले मंगलबारदेखि र गौशाला नगरपालिका पुस २४ गतेदेखि लागू हुने गरी विद्यालयमा बिदा दिएका हुन्।

सोनमा गाउँपालिकाले चार दिन, रामगोपालपुर नगरपालिकाले नौ दिन र गौशाला नगरपालिकाले एक साताको जाडो बिदाको सूचना प्रकाशित गरेका छन्।

अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने भन्दै बिदा दिइएको दुवै तीनै स्थानीय तहका प्रतिनिधिले बताएका छन्।

चिसो बढेपछि अन्य पालिकाका विद्यालयमा पनि विद्यार्थी सङ्ख्या घटेको छ।

पुष २४, २०८० मंगलबार ०७:३२:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।