राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धनका ४ ठूला दलले सिट नदिएपछि जनमतले उठायो दुई उमेदवार

राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धनका ४ ठूला दलले सिट नदिएपछि जनमतले उठायो दुई उमेदवार
फाइल फोटो

 

काठमाडौं : राष्ट्रियसभा निर्वाचनका निम्ति सत्ता गठबन्धनमा आबद्ध दल जनमत पार्टीले दुई जना उमेदवार उठाएको छ।

४ ठूला दलले आफ्नो पार्टीलाई सिट नछुट्याए पछि सत्ता गठबन्धनमै रहेको जनमतले दुई उमेदवार उठाएको हो।

माघ ११ गते हुने निर्वाचनका लागि जनमतले मधेश प्रदेश र लुम्बिनीमा प्रदेशमा उम्मेदवारी दिएको हो।

जनमतले मधेश प्रदेशको अन्यतर्फ राम शंकर महासेठलाई उमेदवार बनाएको छ। त्यस्तै, लुम्बिनी प्रदेशमा अन्यतर्फ बालगोबिन्द चौधरीलाई उमेदवार बनाएको हो। 

पुष २३, २०८० सोमबार १८:२२:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।