जाडो मौसमबाट गाडी सुरक्षित राख्न सुजुकीको ‘विन्टर फ्री सर्भिस’, यस्ता छन् विशेषता
काठमाडौं : सिजी होल्डिङसको अटोमोबाइल डिभिजन सिजी मोटोकर्पले आगामी पुस २४ देखि २६ गतेसम्म ‘विन्टर फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ।
नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता समेत रहेको मोटोकर्पले जाडो मौसमले सवारी साधनमा नकारात्मक प्रभाव पार्ने हुँदा सवारी सुरक्षित राख्न क्याम्प संचालन हुन लागेको जनाएको छ।
सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउने छन्।
त्यस्तै, ग्राहकले लक्की ड्र मार्फत वर्षभरीको लागि पाट्र्स र कन्जुमेबल्स सहितको सर्भिस प्याकेज पनि जित्न सक्नेछन्।
सर्भिस क्याम्पमा ग्राहकले निःशुल्क एसी, हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउने कम्पनीले जनाएको छ।
त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशत, पाट्र्स र एसोसरिजमा १० प्रतिशत र लेवर चार्जमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ।
सुजुकीको विन्टर सर्भिस क्याम्प नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ।
पुष २३, २०८० सोमबार १७:०६:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।