नाडा अटोमोबाइल्स अफ नेपालको पदाधिकारी चयन, वरिष्ठ उपाध्यक्षमा आकाश गोल्छा निर्विरोध
काठमाडौं : नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी निर्विरोध निर्वाचित भएसँगै वरिष्ठ उपाध्यक्ष लगायतको पदाधिकारीको टुंगो लागेको छ।
वरिष्ठ उपाध्यक्षमा आकाश गोल्छा निर्विरोध निर्वाचित भएका छन्।
उनले यस अघि अध्यक्षको उम्मेदवारी दिएका थिए। तर सहमति भएपछि आकाश वरिष्ठ उपाध्यक्षमा चयन गरिएको हो।
४७ औँ वार्षिक साधारणसभाले १७ जनाको केन्द्रीय कार्यसमिति चयन गरेकोमा हिजोको बैठकले अन्य पदाधिकारी सर्वसम्मत चयन गरेको हो।
एशोसिएसनको उपाध्यक्षमा राजनबाबु श्रेष्ठ र निराकार श्रेष्ठ चयन भएका छन्।
त्यस्तै, एशोसिएट उपाध्यक्षमा तेजनारायण साह र सुदूरपश्चिम अटोमोबाइल्स डिलर्स एशोसिएसनको तर्फबाट पुष्करराज ओझा चयन भए।
महासचिवमा सुरेन्द्रकुमार उप्रेती चयन हुँदा सचिवमा विक्रम सिंघानिया निर्वाचित भइसकेका छन्।
सचिवमा भने निर्वाचन भएको थियो। सचिव पदमा विक्रम सिंघानिया र यमुना क्षेष्ठ बीच भएको प्रतिस्पर्धामा श्रेष्ठले एकमतले हारेकी थिइन्।
यसैगरी, मिलनबाबु मल्ल कोषाध्यक्षमा दोहोरिएका छन्। एसोसिएसन सह–कोषाध्यक्षमा सिग्मा अटोका पंकज अग्रवाल चयन भएका हुन्।
सदस्यहरूमा दीपेन्द्रकुमार मिश्रा, कपिल शिवाकोटी, नवराज भुसाल, भावना सुनिल रिजाल, प्रदीपमान प्रधान, सञ्जयकुमार खेतान, सौरभ थापा, ऋद्धि कार्की, प्रकाश कपुरी सदस्यमा चयन भएका छन्।
संस्थागतबाट सञ्जयकुमार श्रेष्ठ, चितवन अटोमोबाइल्स एसोसिएसनबाट कुलबहादुर क्षेत्री, पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनबाट कृष्णप्रसाद श्रेष्ठ, लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालबाट गणेशप्रसाद भट्टराई, कर्णाली पश्चिम अटोमोबाइल्स डिलर्स एसोसिएसनबाट भद्र भण्डारी सदस्यमा चयन भएका हुन्।
कार्यसमिति बैठकले मेघराज पौडेल, निलमणि पाठक र सोहन श्रेष्ठ मनोनीत गरेको छ।
आगामी बैठकबाट आमन्त्रित सदस्यलाई कार्यसमितिमा ल्याइने छ। आमन्त्रित सदस्य नारायणी अटोमोबाइल्सका अनुपकुमार बराललाई कार्यसमितिमा ल्याउने योजना छ।
पुष २३, २०८० सोमबार १४:४८:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।