भारतीय प्रधानमन्त्री मोदीलाई ‘आतंककारी’ भनेपछि माल्दिभ्सका तीन मन्त्री निलम्बित

एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई इजरायलको कठपुतली र आतंककारी भन्ने माल्दिभ्सका तीन मन्त्री निलम्बनमा परेका छन्।
निलम्बित हुनेमा माल्दिभ्सका युवा सशक्तीकरण, सूचना तथा कला मन्त्रालयमा काम गर्ने सहायक मन्त्रीहरू माल्सा सरिफ, मारियाम सिउना र अब्दुल्ला मजुद मजिद रहेका छन्।
उनीहरूलाई हिजो निलम्बन गरिएको माल्दिभ्सको अखबार अटोल टाइम्सले जनाएको छ।
बिहीबार भारतको टापु लक्ष्य दीपमा पुगेर पर्यटन भिडियो सार्वजनिक गरेका मोदीलाई तीन मन्त्रीहरूले सामाजिक सञ्जालमा इजरायली कठपुतली र आतंककारी तथा मुस्लिम विरोधी भनेका थिए।
सोमबारबाट चीनको छ दिने राजकीय भ्रमणमा जान लागेका राष्ट्रपति महोम्मद मैजुको भ्रमण अगाडि तीन मन्त्रीको निलम्बन भएको हो।
पुष २३, २०८० सोमबार १३:४६:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।