दोस्रो एक दिवसीय खेलमा श्रीलंका र जिम्बावे भिड्दै

दोस्रो एक दिवसीय खेलमा श्रीलंका र जिम्बावे भिड्दै

काठमाडौं : तीन खेलको एक दिवसीय सिरिजको दोस्रो खेलमा आज श्रीलंका र जिम्बावे भिड्दैछन्।

खेल श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादाशा क्रिकेट स्टेडियममा दिउँसो पौने तीन बजे हुनेछ। यी दुई टीमबीच भएका पछिल्ला पाँच एकदिवसीय खेलमा श्रीलंका हाबी देखिन्छ।

तीन खेल श्रीलंकाले जित्दा एक खेल जिम्बावे र एक खेल रद्द भएको छ। दुवै टोलीले खेलेका पछिल्ला पाँच खेलमध्ये एकमा पनि जित निकाल्न सकेका छैनन्।

श्रीलंका २०२४ को विश्वकपदेखि निलम्बनमा छ।

विश्वकपमा खराब प्रस्तुति दिएपछि भएको निर्वाचित बोर्डलाई त्यहाँको सरकारले हटाएर आफ्नो मनलाग्दी बोर्ड ल्याएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले त्यहाँको बोर्डलाई निलम्बन गरेको छ।

यद्यपि क्रिकेट टिमलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन र सिरिजहरू खेल्न भने अनुमति छ।

यसअघि ६ जनवरीमा भएको पहिलो खेलमा पानी परेपछि रद्द भएको थियो।

पहिलो खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २७३ रन बनाएको थियो।

जवाफी ब्याटिङमा उत्रिएको जिम्बावेले चार ओभरमा २ विकेट गुमाएर १२ रन बनाउँदा पानी परेको थियो। त्यसपछि खेल रद्द गरिएको थियो।

पुष २३, २०८० सोमबार १३:४३:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।