यी हुन् एकीकृत समाजवादीका राष्ट्रियसभा सदस्य उमेदवारहरू

यी हुन् एकीकृत समाजवादीका राष्ट्रियसभा सदस्य उमेदवारहरू

काठमाडौं : एकीकृत समाजवादीले राष्ट्रियसभा निर्वाचनका लागि आफ्नो भागमा परेको दुई जना उम्मेदवारहरूको टुंगो लगाएको छ।

पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार एकीकृत समाजवादीले बागमती प्रदेशमा दलित कोटाबाट दोलखाका घनश्याम रिजाल विश्वकर्मा र कर्णाली प्रदेशबाट महिला कोटामा दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

पार्टीले दुई जना उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष माधव नेपालसहित उपाध्यक्ष पाण्डे र महासचिव घनश्याम भुसाललाई दिएको थियो।

आगामी माघ ११ हुने १९ सिटका लागि हुने राष्ट्रियसभा निर्वाचनको आज उम्मेदवारी दर्ता हुँदैछ।

पुष २३, २०८० सोमबार १२:३५:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।