अलास्का एयरलाइन्सको उडिरहेको विमानबाट छुट्टिएको टुक्रा भेटियो

एजेन्सी : शुक्रबार राति उडानको क्रममा अलास्का एयरलाइन्सको विमानबाट छुट्टिएको भाग अनुसन्धानकर्ताले फेला पारेका छन्।
अमेरिकाको पोर्टल्याण्डबाट उडेको विमानको छुट्टिएको भाग अनुसन्धानकर्ताहरूले पोर्ट नजिकैको एक शिक्षकको यार्डमा भेटिएको थियो।
यस विषयमा अनुसन्धान गरिरहेको संगठनका अध्यक्षले सोमबार बब नामका एक शिक्षकले आफ्नो यार्डमा विमानको यो भाग भेटेको बताएका छन्।
यो दुर्घटनापछि अमेरिकामा उडान नियमन गर्ने नियामक निकायले बोइङ ७३७ म्याक्स ९ क्लासका सबै विमानको उडानमा प्रतिबन्ध लगाएको छ।
प्राविधिक अनुसन्धान पूरा नभएसम्म यस मोडलका सबै १७१ विमानमा प्रतिबन्ध लगाइएको समाचार संस्था बीबीसीले जनाएको छ।
पुष २३, २०८० सोमबार १२:२७:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।