पाँच वर्षीया बालिका बलात्कार आरोपमा एक जना पक्राउ

पाँच वर्षीया बालिका बलात्कार आरोपमा एक जना पक्राउ

उदयपुर : पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बेलका नगरपालिका-२ झण्डीपुर बस्ने २१  वर्षीय दिपन मगर रहेका छन्। उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

मगरले ती बालिकालाई बुधबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो।

सोही उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय ठोक्सिला र प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

पुष २३, २०८० सोमबार १२:०६:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।