नेपाली बजारमा भित्रियो सामसङ ग्यालेक्सी ए०५ र ए०५एस, कति पर्छ मूल्य?

नेपाली बजारमा भित्रियो सामसङ ग्यालेक्सी ए०५ र ए०५एस, कति पर्छ मूल्य?

काठमाडौं : साससङले नेपाली बजारमा ग्यालेक्सी ए सिरिजको दुईवटा मोबाइलहरू ए०५ र ए०५एस सार्वजनिक गरेको छ।

ग्यालेक्सी ए०५ मा २ प्रकारको मेमोरी ४/६४ जिबि र ६/१२८ जिबि रहनेछन् र ग्यालेक्सी ए०५एस मा ४/१२८ जिबि र ६/१२८ जिबि मेमोरी भेरियन्टहरू रहनेछन्।

ग्यालेक्सी ए०५ र ग्यालेक्सी ए०५एस मा क्रमशः ६.७ इन्च र ६.७२ इन्चको स्क्रिनहरूसहितको ५० मेगापिक्सेलको प्राइमरी क्यामेरा छ।

दुवै नयाँ स्मार्टफोनहरूले अतिरिक्त स्टोरेज विकल्पसहितको माइक्रो एसडीका साथ १ टिबि बाह्य मेमोरीलाई सपोर्ट गर्छ।

ग्यालेक्सी ए०५ मा भएको ५० मेगापिक्सेल क्यामरालाई पछाडिपट्टी दुई मेगापिक्सेलको डेप्थ लेन्स र अगाडिपट्टी ८ मेगापिक्सेलको क्यामरा छ।

ग्यालेक्सी ए०५एसमा म्याक्रो लेन्स र अगाडि पट्टि १३ मेगापिक्सेल क्यामराका साथ २ मेगापिक्सेल क्षमतायुक्त सेन्सर भएको प्राइमरी क्यामराका साथ तीन वटा लेन्सयुक्त पछाडिको क्यामराबाट कुनै पनि पल क्याप्चर गर्न सक्नेछ।

ग्यालेक्सी ए०५एस सम्पूर्ण नयाँ क्वालकोम स्न्यापड्रागन ६८० प्रोसेसरद्वारा सुसज्जित छ, जसले अत्यन्त उत्कृष्ट कार्य सम्पादनका साथ गेमिङ, अवलोकन र साझा गर्ने कार्यलाई निर्वाध तवरले चालु राखिदिन्छ।

साथै ग्यालेक्सी ए०५एसमा तपाईंलाई थप सुविधा प्रदान गर्नका लागि साइड माउण्ट फिंगरप्रिन्ट सेन्सर पनि जडान गरिएको छ।

यी दुवै नयाँ मोडलहरुमा ५००० एमएएच क्षमताको ब्याट्री छ। यी फोनहरूमा २५ वाटको ओरिजिनल एडप्टर पनि रहेको छ।

सासमङ ग्यालेक्सी ए०५ आकर्षक कालो, हल्का हरियो र रजत रङ्गहरुमा उपलब्ध हुनेछन् र यसको बजार मुल्य ४/६४ जिबिको लागि १४ हजार ९९९ रुपैयाँ र ६/१२८ जिबिको लागि १८ हजार ९९९ रुपैयाँ तोकिएको छ।

यसैगरी ग्यालेक्सी ए०५ एस कालो, हल्का हरियो र हल्का बैजनी रङ्गहरूमा उपलब्ध हुनेछन् र यसको बजार मूल्य ४/१२८ जिबिको लागि २१ हजार ९९९ रुपैयाँ र ६/१२८ जिबिको लागि २३ हजार ९९९ रुपैयाँ कायम गरिनेछ।

पुष २३, २०८० सोमबार ०९:५४:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।