आजको मौसम : चार प्रदेश सफा, तराईमा हुस्सु/कुहिरो

आजको मौसम : चार प्रदेश सफा, तराईमा हुस्सु/कुहिरो

काठमाडौं : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ।

दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली  प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ।

राति कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

मंगलबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहनेछ।

गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशका तराई भू-भागका केही स्थानहरूमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने तथा अपरान्हसम्ममा क्रमिक रूपमा सुधार हुँदै जानसक्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ।

पुष २३, २०८० सोमबार ०८:००:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।