राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता आज

राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता आज

काठमाडौं : राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत सोमबार उम्मेदवार मनोनयन हुँदैछ।

निर्वाचन आयोगका अनुसार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यसूची छ।

सोमबार दर्ता भएका उम्मेदवारको अन्तिम नामावली पुस २७ गते  प्रकाशन गर्ने आयोगको कार्यतालिका छ।

यससँगै पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले निर्वाचन चिह्न प्राप्त गर्ने छन्।

माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। मतदान सकिएलगत्तै गणना गरिने आयोगले जनाएको छ।

राष्ट्रिय सभामा रिक्त १९ पदका लागि निर्वाचन हुन लागेको हो।

पुष २३, २०८० सोमबार ०७:४०:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।