अदालतको आदेशमा हाजिर जमानीमा छुटे टुटलका संस्थापक भट्ट

अदालतको आदेशमा हाजिर जमानीमा छुटे टुटलका संस्थापक भट्ट

काठमाडौँ : प्रतिलिपि अधिकार उलङ्घन र आपराधिक विश्वासघातको आरोपमा पक्राउ परेका टुटलका संस्थापक शिक्षित भट्ट हाजिर जमानीमा छुटेका छन्।

बिहीबार बेलुका पक्राउ परेका उनलाई आइतबार जिल्ला अदालत काठमाडौँकी न्यायाधीश शकुन्तला कार्कीको इजलासले हाजिर जमानीमा छाड्न आदेश दिएको थियो।

प्रतिलिपि अधिकार उल्लङ्घन गरेको र आपराधिक विश्वासघात गरेको आरोपमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति माग्दै जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई न्यायिक हिरासतमा राख्ने अनुमतीमाग्दै अदालतसँग अनुमति मागेको थियो।

अदालतले यही विवादमा उच्च अदालत पाटनमा विचाराधीन रहेको र त्यहाँ अन्तरिम आदेशले निरन्तरता नपाएको भन्दै भट्टलाई थुनामा नराखी अनुसन्धान अघि बढाउन प्रहरीलाई आदेश दिएको थियो।

पुष २२, २०८० आइतबार २१:१२:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।