वीरगन्जका तीन जनाले पाए गैरआवासीय नागरिकता

वीरगन्जका तीन जनाले पाए गैरआवासीय नागरिकता

काठमाडौं : जिल्ला प्रशासन कार्यालय पर्साले तीन जनालाई गैर आवासीय नेपाली नागरिकता प्रदान गरेको छ।

कार्यालयले पहिलो पटक तीन जनालाई गैर आवासीय नेपाली नागरिकताको प्रमाण पत्र जारी गरिएको जानकारी दिएको हो।

आज पर्साको पर्सा वीरगन्ज महानगरपालिका –२३ घर भई हाल अष्ट्रेलिया बस्ने किरण प्रधान, वीरगन्ज महानगरपालिका–११ घर भई हाल अष्ट्रेलिया बस्ने शमीम अनवर र वीरगन्ज महानगरपालिका वडा नं ९ घर भई हाल अमेरिका बस्ने सुमन कानू गरी ३ जनालाई गैर आवासीय नागरिकता प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले जानकारी दिए।

हालसम्म तीन वटा निवेदन गैर-आवासीय नेपाली नागरिकताको लागि परेकोमा तीनै जनालाई नागरिकता प्रदान गरिएको उनले बताए।

पुष २२, २०८० आइतबार १६:५५:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।